२०८३ भदौ २२ , सोमवार

श्रीमती विन्दुसँग पहिलोपटक म्युजिक भिडियोमा देखिए प्रकाश सपुत

1788675488-JocNV

सुनाखरी न्युज/ काठमाडौं ।

गायिका नीशा सुनारले हरितालिका तीज पर्वको अवसर पारेर नयाँ तीज गीत ‘लाली लपक्कै सारी सपक्कै’ बोलको गीत सार्वजनिक गरेकी छिन् । भिडियोमा प्रकाश सपुत, निरुता सिंह र विन्दु बोहराको नृत्य हेर्न सकिन्छ ।

विशेष भूमिकामा गायिका सुनार पनि देखिएकी छिन् । सुनिल विकको निर्देशनमा तयार भएको यो गीतको भिडियोमा गम्भीर बिस्टको कोरियोग्राफी छ । गीतको भिडियोमा हरि हुमागाँइको डीओपी, प्रवीण भट्टको सम्पादन छ ।

गायक तथा मोडल प्रकाश सपुत र उनकी श्रीमती विन्दुले पहिलो पटक एकसाथ म्युजिक भिडियोमा काम गरेका हुन् । दर्शकका लागि उनीहरूको जोडीको केमेस्ट्री विशेष हुनसक्छ ।