२०८३ भदौ २२ , सोमवार

राष्ट्रपति पौडेल बाढी प्रभावित क्षेत्र नुवाकोटमा

ram-chandra-poudel-at-nuwakot

सुनाखरी न्युज/ काठमाडौं ।

राष्ट्रपति रामचन्द्र पौडेलले यही भदौ १० गते रसुवाको भोटेकोशीमा आएको बाढीबाट प्रभावित नुवाकोट जिल्लाको विभिन्न क्षेत्रको सोमबार स्थलगत अवलोकन गरेका छन्।  साथै उनले यहाँ रहेका बाढी प्रभावित र पीडितहरुसँग भेटघाट गरी उनीहरुको गुनासो समेत सुनेका छन् । पौडेल नुवाकोट पुगेर बाढी प्रभावित क्षेत्रको अवलोकन गरेका हुन् ।

राष्ट्रपतिले प्रभावित क्षेत्र पुगेर खोज तथा उद्धार, राहत वितरण, होल्डिङ सेन्टर सञ्चालन एवं पुनर्स्थापनालगायतका विषयमा जानकारी पनि लिएको छन् । सो अवसरमा प्रमुख जिल्ला अधिकारी शम्भुप्रसाद रेग्मीसहितका समितिका सदस्यहरुले रसुवा बाढीले जिल्लामा पु¥याएको धनजनको क्षतिबारे विवरण प्रस्तुत गरेका थिए। त्यहाँ बाढीबाट प्रभावित नागरिकहरुले भोटेकोशीमा आएको अकल्पनीय बाढीले पु¥याएको धनजनको क्षतिबारे जानकारी गराएका थिए ।

साथै, खोज, उद्धार र राहत एवम पुर्नस्थापनाका लागि सरकार र सहयोगदाता सरोकारावालाले अझ तदारुकता देखाउनुपर्ने बताएका छन् राष्ट्रपति पौडेलले आजै बाढी प्रभावित क्षेत्रमध्ये नुवाकोटको त्रिशुलीमा रहेको नेपाली सेनाको क्याम्प तथा रसुवा बाढीप्रभावित क्षेत्रको पनि अवलोकनसमेत गरे ।