२०८३ भदौ २१ , आइतवार

काठमाडौं उपत्यकामा तीन दिनमा भित्रियो झन्डै ८८ हजार ग्यास सिलिन्डर, कुन कम्पनीका कति ?

aditya gas

सुनाखरी न्युज/ काठमाडौं ।

काठमाडौं उपत्यकामा पछिल्लो तीन दिनमा  ८७ हजारभन्दा बढी खाना पकाउने एलपी ग्यास सिलिन्डर भित्रिएको छ। नेपाल आयल निगमका अनुसार भदौ १८ देखि २० गते ९शनिबार० सम्ममा विभिन्न कम्पनीका कुल ८७ हजार ८७७ सिलिन्डर ग्यास काठमाडौं ल्याइएको हो।

पृथ्वी राजमार्गको कृष्णभिर खण्डमा भदौ १४ गते गएको पहिरोका कारण सडक अवरुद्ध भएपछि निगमले वैकल्पिक मार्ग प्रयोग गरी आपूर्ति व्यवस्था सहज बनाइरहेको छ। अहिले कुलेखानी(भीमफेदी मार्ग हुँदै काठमाडौंमा ग्यास भित्र्याइएको निगमले जनाएको छ।

निगमको तथ्याङ्क अनुसार भदौ १८ गते २४ हजार ४९४, भदौ १९ गते ३४ हजार १३४ र भदौ २० गते २९ हजार २४९ सिलिन्डर ग्यास काठमाडौं उपत्यका भित्रिएको छ।

मुख्य राजमार्ग बन्द भएपछि काठमाडौं, धादिङ र काभ्रेपलाञ्चोकमा रहेका उद्योगका ग्यास सिलिन्डरहरू बारा, पर्सा, मकवानपुर, चितवन, नवलपरासी, धनुषा र महोत्तरीका उद्योगहरूमा रिफिल गराएर वैकल्पिक बाटो भित्र्याउने व्यवस्था मिलाइएको छ।