२०८३ भदौ २१ , आइतवार

रसुवामा हैजाविरुद्ध २१ हजार डोज खोप पठाइयो

haija-1788678224

सुनाखरी न्युज/ काठमाडौं ।

पृथ्वीराजमार्गको कृष्णभिर खण्डमा पहिरो गई बाटो अवरुद्ध भएपछि एलपी ग्यासको अभाव हुन नदिन वैकल्पिक मार्गबाट आपूर्ति व्यवस्था मिलाइएको छ ।

बाढी तथा पहिरोपछि हैजाको जोखिम बढेसँगै रसुवामा हैजाविरुद्धको २१ हजार डोज खोप पठाइएको हो । विश्व स्वास्थ्य सङ्गठन  ( डब्लुएचओ) को सहयोगमा प्राप्त खोप नेपाली सेनाको हेलिकप्टरमार्फत आइतबार बिहान त्यसतर्फ पठाइएको स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले जनाएको छ ।

प्रभावित क्षेत्रमा खोप तथा औषधि पठाउने, रोग निगरानी बढाउने, सुरक्षित खानेपानी र सरसफाइमा विशेष ध्यान दिने तथा आवश्यक स्वास्थ्यकर्मी परिचालन गर्ने काम अघि बढाइएको स्वास्थ्य अधिकारीहरूले बताएका छन्।

बाढीका कारण खानेपानीका मुहान तथा वितरण प्रणालीमा क्षति पुगेकाले हैजा र अन्य पानीजन्य रोगको जोखिम बढेको भन्दै प्रभावित क्षेत्रमा रोकथाम, शीघ्र पहिचान र उपचार व्यवस्थापनलाई प्राथमिकतामा राखिएको छ।