२०८३ भदौ १९ , शुक्रवार

त्रिशूली–३ ‘ए’ को सुरुङबाट दुई प्राविधिकको जीवितै उद्धार, अन्यको खोजी तीव्र

kabir-maharjan-udhar

सुनाखरी न्युज/ काठमाडौं । 

भीषण बाढीका कारण पुरिएको माथिल्लो त्रिशूली ३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङ भित्र थपिएका दुई जना प्राविधिकहरूलाई आज जीवितै उद्धार गरिएको छ। उद्धार टोलीले सुरुङको भग्नावशेष र लेदो पन्छाउँदै भित्र फसेका दुई जनालाई सकुशल बाहिर निकालेको हो ।जीवितै उद्धार गरिएकाहरूमा आयोजनामा कार्यरत मेकानिकल फोरम्यान सञ्जय साह र मेकानिकल सुपरभाइजर कबीर महर्जन रहेका छन् ।

टोलीले नेपाल विद्युत प्राधिकरणका कर्मचारी संञ्जय साह र कविर महर्जनको उद्धार गरेको हो । दुवै जना लाई उपचारका निम्ति काठमाडौँ ल्याउने तयारी हुँदैछ। प्राधिकरण र उद्धार टोलीको चौबिसै घण्टाको अथक प्रयासपछि सुरुङभित्रको बाटो खोली दुवै जनालाई जीवितै बाहिर निकाल्न सफलता मिलेको हो।

सुरुङभित्र अक्सिजन र पानीको अभावका बिच लामो समय अड्किएका उनीहरूको प्राथमिक उपचारपछि थप गहन स्वास्थ्य उपचारका लागि काठमाडौँ ल्याउने तयारी भइरहेको ऊर्जा मन्त्रालयले जनाएको छ।