
सुनाखरी न्युज/ काठमाडौं ।
काठमाडौं सुनचाँदी ब्यवसायी संघले रसुवा भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढीका कारण प्रभावित भएकाहरूको राहत तथा उद्धार र त्यस क्षेत्रको पुननिर्माणमा सहयोग पु¥याउनका लागि नेपाल सुनचाँदी व्यवसायी महासंघ मार्फत प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा आफ्नो तर्फवाट पनि सहयोग रकम उपलब्ध गराएको छ ।
विपद्को यस कठिन घडीमा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा काठमाडौं सुनचाँदी व्यवसायी संघबाट पन्ध्र लाख पच्चीस हजार दुई सय पचपन्न रुपैयाँ आर्थिक सहयोग प्रदान गरिएको छ।
यस मानवीय तथा सामाजिक उत्तरदायित्वको कार्यमा आर्थिक सहयोग प्रदान गरी साथ दिनुहुने सम्पूर्ण सहयोगी महानुभावहरूप्रति काठमाडौं सुनचाँदी व्यवसायी संघ परिवार हार्दिक आभार तथा धन्यवाद व्यक्त गरेको छ ।
यहाँहरूको अमूल्य सहयोगले बाढी तथा पहिरोबाट प्रभावित पीडित परिवारहरूलाई राहत तथा आवश्यक सहयोग पुर्याउन महत्वपूर्ण योगदान पुग्ने विश्वास लिएको संघले जनाएको छ ।
यस मानवीय कार्यमा यहाँहरूले देखाउनुभएको सहयोग, सद्भाव, एकता र सामाजिक उत्तरदायित्वका लागि काठमाडौं सुनचाँदी व्यवसायी संघ परिवार हार्दिक धन्यवाद ज्ञापन गरेको छ ।