२०८३ भदौ १९ , शुक्रवार

बाढी पीडितको सहयोगका लागि सुनचाँदी व्यवसायीको हातेमालो, राहत कोषमा १,११,११,१११ सहयोग

Fen1

सुनाखरी न्युज / काठमाडौं ।

 

रसुवा भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढीका कारण प्रभावित भएकाहरूको राहत तथा उद्धार र त्यस क्षेत्रको पुननिर्माणमा सहयोग पु¥याउनका लागि नेपाल सुनचाँदी व्यवसायी महासंघले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग रकम हस्तान्तरण गरेको छ ।

 

 

महासंघका कार्यवाहक अध्यक्ष धर्मसुन्दर बज्राचार्यको नेतृत्वमा बिहिबार गएको महासंघको टोलीले अर्थमन्त्री डा। स्वर्णिम वाग्लेलाई रु

एक करोड ११ लाख ११ हजार १ सय ११ सहयोग रकम हस्तान्तरण गरेको हो ।

 

नेपाल सुनचाँदी व्यवसायी महासंघले बाढी प्रभावितका लागि सहयोग रकम हस्तान्तरण गरेको छ ।

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई रु एक करोड ११ लाख ११ हजार १ सय ११ हस्तान्तरण ।

रकम महासंघको कार्य समिति, प्रदेश समिति तथा जिल्ला–नगर–वस्तुगत र एसोसियट सदस्यहरूबाट संकलन ।

हस्तान्तरण टोलीको नेतृत्व महासंघका कार्यवाहक अध्यक्ष धर्मसुन्दर बज्राचार्यले गरेका थिए ।
रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा हुने ।

 

महासंघका कार्यवाहक अध्यक्ष धर्मसुन्दर बज्राचार्यको नेतृत्वमा बिहिबार गएको महासंघको टोलीले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई रु एक करोड ११ लाख ११ हजार १ सय ११ सहयोग रकम हस्तान्तरण गरेको हो ।

उक्त रकम महासंघ, महासंघको कार्य समिति, प्रदेश समिति तथा महासंघमा आवद्ध जिल्ला, नगर, वस्तुगत र एसोसियट सदस्यहरूबाट संकलन गरिएको महासंघले जनाएको छ ।

यस सहयोगमार्फत बाढी प्रभावित समुदायलाई राहत पुगोस भन्ने उद्देश्य राखिएको महासंघका कार्यबाहक अध्यक्ष बज्रचार्यले बताउनुभयो ।
महासंघले रसुवा भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढीका कारण ज्यान गुमाउनु भएका स्वदेशी तथा विदेशी नागरिकहरू प्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना व्यक्त गरेको छ । बाढीबाट घाइते हुनुभएका सम्पूर्ण नागरिकहरूको शीघ्र स्वास्थ्यलाभको कामना पनि महासंघले गरेको छ । महासंघले विगतमा पनि यस किसिमका प्राकृतिक विपत्तिको सहयमा आफ्नो तर्फवाट सहयोग गर्दै आएको छ ।

 

सहयोग हस्तान्तरणका क्रममा महासंघका तर्फवाट कार्यवाहक अध्यक्ष बज्राचार्य, विशिष्ट सदस्य मोहन सुनार, उपाध्यक्ष पवन कुमार सोमानी, महासचिव किरणभाई बज्राचार्य, कोषाध्यक्ष सुदिप श्रेष्ठ, गण्डकी प्रदेश अध्यक्ष चन्द्रकिशोर गौतम, महानिर्देशक शिव दुवाडी उपस्थित हुनुहुन्थ्यो । त्यसक्रममा महासंघको काठमाडौं जिल्ला संघका अध्यक्ष रोहिना शाक्य र कोषाध्यक्ष रमेशमान शाक्य, ललितपुर संघका अध्यक्ष सुविन बज्राचार्य तथा वुढानिलकण्ठ संघका अध्यक्ष भिष्म गौतम लगायतको सहभागिता रहेको थियो ।