२०८३ भदौ १८ , बिहिवार

कृष्णभिरको बाटो खोल्ने पहल शुरु, रुख कटान गर्न थालियो

krishnavir_pahiro-1024×569

सुनाखरी न्युज/ काठमाडौं ।

पृथ्वी राजमार्गअन्तर्गत कृष्णभिरमा पहिरो पन्छाउने काम शुरु भएको छ । पूर्वाधार विकास मन्त्रालयका अनुसार पहिरोको दुवै छेउबाटरुख कटान गर्न थालिएको छ । पहिरो पन्छाउन आवश्यक निर्माण उपकरण सडकको दुवै छेउमा तयारी अवस्थामा राखिएको समेत मन्त्रालयले जनाएको छ ।

रुख कटानको काम सम्पन्न हुनासाथ उपकरण परिचालन गरी पहिरो पन्छाउने कार्य सुरु गरिने मन्त्रालयले जनाएको छ । सडक सञ्चालनलाई प्राथमिकतामा राखी काम तीव्र गतिमा अघि बढाइएको मन्त्रालयको दाबी छ।

 

कृष्णभिरको सडक भासिदा यतिबेला राजधानी काठमाडौंका आपूर्ति श्रृङ्खला खलबलिएको छ ।