२०८३ भदौ १८ , बिहिवार

सरकारी ढिलाइले सुरुङभित्र भएको मृत्यु हो कि हत्या ? : भीष्म आङ्देम्बे

Bhishmaraj-angdembe_restored-1024×575-1

सुनाखरी न्युज/ काठमाडौं ।

प्रमुख प्रतिपक्षी दलका नेता भीष्मराज आङ्देम्बेले सरकारको ढिलाइले सुरुङभित्र भएको मृत्युलाई सरकारले गरेको हत्याको रूपमा व्याख्या गरेका छन् । संसदमा बोल्दै आङ्देम्बेले सरकारको असंवेदनशीलता र ढिलाइबारे बारम्बार ध्यानाकर्षण गराउँदा पनि सरकार चुकेको आरोप लगाएका छन् ।

आज  ( बुधबार)  बसेको प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले भने, ‘यो कस्तो संवेदनशीलता र जिम्मेवारी हो ?  यो असंवेदनशीलता ढिलाइका कारण सुरुङभित्र भएको मृत्यु, यो मृत्यु हो कि हत्या हो सभामुख महोदय  ?  बारम्बार ध्यानाकर्षण गराउँदा पनि सरकार चुक्यो । यसको जिम्मा सरकारले लिनुपर्छ ।’

नेता आङ्देम्बेले सरकारले संसदलाई यसको जवाफ दिनुपर्ने पनि उल्लेख गरेका छन् । उनले थप भनेका छन्, ‘को नागरिक कहाँ कस्तो छ रुउनले थप भनेका छन्, ‘को नागरिक कहाँ कस्तो छ ?  नजिकको सरकार स्थानीय सरकारलाई नसोध्ने, सम्बन्धित आयोजना र निजीक्षेत्रलाई जान नदिने, इन्जिनियर, प्राविधिक तथा विषयविज्ञहरूको कुरा नसुन्ने, आफू एक्सन नगर्ने, अरुलाई गर्न नदिने अनि सात दिन बितिसकेपछि हात उठाएर सरकारले भन्ने– अब सुरुङमा आफैँ खोज ।’