
सुनाखरी न्युज/ काठमाडौं ।
धादिङ कृष्णभिरमा त्रिशूली नदीले सडक कटान गरेपछि पृथ्वी राजमार्ग अवरुद्ध हुँदा प्रभावित बनेको खाना पकाउने एलपी ग्यास तथा पेट्रोलियम पदार्थ ढुवानी सहज बनाउन सरकार र व्यवसायीबीच नयाँ सहमति भएको छ । प्रमुख जिल्ला अधिकारी बसन्त अधिकारीको अध्यक्षतामा सरोकारवाला निकाय सहित बसेको बैठकले ग्यास ढुवानीका लागि वैकल्पिक सडक प्रयोग गर्ने र त्यसको ढुवानी भाडादर समेत तय गरेको हो ।
नेपाल एलपी ग्यास उद्योग संघ अध्यक्ष दिवान चन्दका अनुसार बैठकले ट्रक तथा बुलेटहरूलाई स्कर्टिङ गरेर सुरक्षित गन्तव्य पुर्याउने व्यवस्था मिलाएको छ । सडक अवरुद्ध भएपछि काठमाडौं उपत्यकामा ग्यास अभाव हुन नदिन खाली सिलिन्डर संकलन गर्ने र भरेर पठाउने काम सुरु भइसकेको उनले जानकारी दिए ।
नेपाल एलपी ग्यास उद्योग संघ अध्यक्ष दिवान चन्दका अनुसार बैठकले ट्रक तथा बुलेटहरूलाई स्कर्टिङ गरेर सुरक्षित गन्तव्य पुर्याउने व्यवस्था मिलाईएको छ । सडक अवरुद्ध भएपछि काठमाण्डू उपत्यकामा ग्यास अभाव हुन नदिन खाली सिलिन्डर संकलन गर्ने र भरेर पठाउने काम सुरु भइसकेको उनले जानकारी दिए ।