२०८३ भदौ १८ , बिहिवार

पृथ्वीराजमार्ग १५ दिनभित्र खुलाउने तयारी

krishna vir

सुनाखरी न्युज/ काठमाडौँ ।

पृथ्वीराजमार्गको कृष्णभिर क्षेत्रमा सडकको तल्लो भाग कटान भई अवरुद्ध भएको  राजमार्ग सडक विभागले प्राविधिक तथा भौगर्भिक विज्ञको टोली परिचालन गरेर १५ दिनभित्र सडक सञ्चालनमा ल्याउने तयारी गरेको छ।

स्थलगत अनुगमनपछि सडक विभागका सहसचिव चुणाराज ढकालले बाढीले सडकको तल्लो भाग कटान गरेको र माथिल्लो भागमा चिरा परेकाले पहिरो खसेको जानकारी दिए। यो राजमार्ग देशको लाइफलाइन भएकाले उच्च प्राथमिकता दिएर काम अघि बढाइने उनले बताए।

विज्ञको प्राविधिक राय लिएर सम्भव भएसम्म १० देखि १५ दिनमा राजमार्ग खुलाउने र हाललाई वैकल्पिक रुट तथा स्थानीय सडक प्रयोग गरेर यातायात चलाउने तयारी भएको उनले स्पष्ट पारे।

आगामी दिनमा नदी करिडोरका राजमार्गलाई थप दिगो र विपद्–प्रतिरोधी बनाउन सडकको उचाइ बढाउने, वैकल्पिक लिंक रुट विकास गर्ने, अग्ला पुल तथा साना सुरुङ निर्माण गर्ने नीति आवश्यक रहेको उनको भनाइ छ।