
सुनाखरी न्युज/ काठमाडौं ।
मिति २०८३ भाद्र १० गते भोटेकोशी नदीमा आएको विनासकारी बाढीबाट सृजित प्राकृतिक प्रकोपले रसुवा लगायत आसपासका जिल्लाहरुमा मानवीय तथा भौतिक संरचनामा ठुलो क्षति हुन गएको हामी सबैलाई विदितै छ ।
देशमा आईपरेको यस विषम् पस्थितिका कारण ज्यान गुमाउनुहुने नागरिकहरु प्रति हार्दिक श्रद्धाञ्जली प्रकट गर्दै वित्तीय संस्थाको तर्फबाट परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दछौँ ।
यस प्राकृतिक प्रकोपका कारण सम्पर्क विहिन हुनुभएका सर्वसाधारण, बैंक तथा वित्तीय संस्था लगायत विभिन्न संघ–संस्थामा कार्यरत कर्मचारी र तिनका परिवारजनले व्यहोर्नु परेको पिडाप्रति यस वित्तीय संस्था गहिरो सहानुभूति प्रकट गर्दछ ।
संकटको यस घडिमा राहत तथा उद्वार कार्यका लागि नेपाल सरकार तथा विभिन्न संघ–संस्थाहरुले गरेको सार्थक पहल प्रति ऐक्यवद्धता जनाउँदै यस वित्तीय संस्थाले प्रधानमन्त्री दैवी प्रकोप उद्वार कोषमा रु. ५,००,०००।– (अक्षरेपी पाँच लाख रुपैयाँ मात्र) सहयोग प्रदान गरेको व्यहोरा जानकारी गराईन्छ ।