२०८३ भदौ १५ , सोमवार

फिल्म ‘पार्वती’को पहिलो दिनको कमाइ रसुवा बाढी पीडितको राहतका लागि सरकारलाई हस्तान्तरण

785774938_4037516436557767_8467510166413054549_n_ThaaqKkHeq

सुनाखरी न्युज/ काठमाडौं ।

फिल्म ‘पार्वती’ को टिमले प्रधानमन्त्री दैवीप्रकोप उद्वार कोषमा ११ लाख ३ हजार २७० रुपैयाँ रकम प्रदान गरेको छ । नीताले सोमबार अर्थमन्त्री स्वर्णिम वाग्लेलाई ११ लाख तीन हजार २७० रुपैयाँ बराबरको चेक हस्तान्तरण गरेकी हुन् । उनले प्रधानमन्त्री दैवीप्रकोष् उद्धार कोषका लागि उक्त चेक अर्थमन्त्रीलाई हस्तान्तरण गरेकी हुन् । फिल्मकी निर्देशक निता ढुङ्गानाले आफूले यो अकल्पनीय घटनामा परेका पीडितलाई राहत स्वरुप उक्त रकम सरकारी कोषमा जम्मा गरेको बताइन् ।

फिल्मको पहिलो दिनको कमाइबाट निर्माताको अंशमा आएको सम्पूर्ण रकम उनले सरकारलाई दिएकी हुन् । यो फिल्म रसुवामा बाढी आएको पर्सीपल्ट भदौ १२ देखि प्रदर्शनमा आएको थियो । उनले बाढी पश्चात ‘पार्वती’को पहिलो दिनको व्यापार राहत स्वरुप उपलब्ध गराउने प्रतिबद्धता जनाएकी थिइन् ।

निर्माता हरिहर अधिकारले फिल्मको पहिलो दिनको कमाइको अलावा छुट्टै पनि सहयोग गरेको बताए । फिल्मका अर्का अभिनेता तथा बालगायक अशोक दर्जीले पनि २५ हजार कोषमा जम्मा गरिदिएका छन् । उनले त्यही प्रतिबद्धता पूरा गरेकी हुन् । यही फिल्मबाट नीताले निर्देशनमा डेब्यू गरेकी छन् । फिल्ममा उनी र बाल गायक अशोक दर्जी शीर्ष भूमिकामा छन् ।