२०८३ भदौ १५ , सोमवार

धुञ्चेमा ‘जेनेरेटर’ : निःशुल्क मोबाइल चार्ज, टुटेको आशालाई जोड्दै

dhunche

सुनाखरी न्युज/ काठमाडौं ।

जिल्ला सदरमुकाम धुन्चेमा ‘मोबाइल फोन चार्ज’का लागि ‘जेनेरेटर’ ल्याइएको छ । रेडक्रस तथा रेडक्रिसेन्ट सोसाइटीहरूको अन्तर्राष्ट्रिय महासङ्घ  ( आइएफआरसी ) को सहयोगमा नेपाल रेडक्रस सोसाइटीले जेनेरेटर यहाँ ल्याएको हो।

विद्युत सेवा अवरुद्ध हुँदा स्थानीयवासीसहित धुन्चेमा रहेका बाढी पीडित र तीर्थालुहरू, आफन्त तथा बाहिरी संसारसँगको सम्पर्कबाट विच्छेद हुनुपरेको थियो।  अहिले १०० भन्दा बढीले एकसाथ मोबाइल चार्ज गरिरहेको नेपाल रेडक्रसले जनाएको छ । यसबाट टाढा रहेका आफन्तलाई ‘म सुरक्षित छु’ भन्ने सन्देश पठाउन सहज बनेको छ ।

सदरमुकाममा जेनेरेटरमार्फत मोबाइल चार्ज गर्न पाउँदा स्थानीयवासी तथा टाढा–टाढाबाट आएका सेवाग्राहीलाई राहत मिलेको छ । चार्ज गर्ने सुविधा पाएपछि जिल्लावासीले आफ्ना आफन्तहरूसँग पुनः सम्पर्क स्थापित गर्न सफल भएका छन् । एकजना बाढीप्रभावितले भने, फोनकलले टुटेको आशालाई जोडेको छ, चिन्ताले भरिएका मनलाई सान्त्वना दिएको छ ।