
सुनाखरी न्युज/ काठमाडौं ।
कप्तानीमा पुनरागमन गरिरहेका सन्दीप लामिछानेले उत्कृष्ट बलिङ गरेपछि नेपालले एसीसी प्रिमियर कप क्रिकेटमा सोमबार बहराइनलाई आफ्नो पहिलो खेलमा ७ विकेटले पराजित गरेको छ ।
बहराइनले दिएको ८८ रनको सामान्य लक्ष्य नेपालले २१ ओभरमा ३ विकेटको क्षतिमा पूरा गर्यो। नेपालका लागि अर्जुन कुमालले अविजित ३६ रन र कप्तान रोहित पौडेलले अविजित १९ रनको योगदान दिए। त्यसैगरी आसिफ शेखले १८, देव खनालले १० र इशान पाण्डेले १ रन बनाए।
बहराइनका तर्फबाट इमरान जाभेद अनवारले ३ विकेट लिए पनि टोलीलाई हारबाट जोगाउन सकेनन्। बहराइनका तर्फबाट इमरान जाभेद अनवारले ३ विकेट लिए पनि टोलीलाई हारबाट जोगाउन सकेनन्। यसअघि टस हारेर पहिले ब्याटिङ गरेको बहराइन ३६.२ ओभरमा ८७ रनमा अलआउट भएको थियो।
नेपालका लागि कप्तान सन्दीप लामिछानेले कसिलो बलिङ गर्दै १० ओभरमा १४ रन दिएर ५ विकेट लिए। १४औँ ओभरमा बलिङ थालेका सन्दीपले पहिलो र चौथो बलमै विकेट लिँदै टोलीलाई बलियो स्थितिमा पुर्याएका थिए। त्यसपछि उनले आफ्नो पाँचौँ, सातौँ र आठौँ ओभरमा १/ १ विकेट लिँदै आफ्नो ५ विकेट पूरा गरेका थिए।