२०८३ भदौ १५ , सोमवार

भोटेकोशी बाढी अपडेट : ९०३ जनाको शव फेला, ४ हजार २४७ सम्पर्कविहीन

bhotekosi-badhi_oX2MT49LJI_8hnUFWy6Bq

सुनाखरी न्युज/ काठमाडौं ।

रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका परेका ९०३ जनाको शव फेला परेको छ।  जसमा रसुवामा २४, नुवाकोटमा ९५, धादिङमा ५५, चितवनमा २७२, गोरखामा ६२, तनहुँमा ३७, नवलपरासी पूर्वमा २०७ र नवलपरासी पश्चिममा १५१ जनाको शव फेला परेको छ ।प्राधिकरणले दिएको पछिल्लो अपडेट अनुसार बाढी तथा विपद्का कारण ४ हजार २४७ जना सम्पर्कविहीन भएका हुन् ।

सम्पर्कविहीन हुनेमा जलविद्युत् आयोजनामा कार्यरत ९३३ जना, रसुवाका ८६५, मकवानपुरका ६५ र नुवाकोटका १५५८ जना रहेका छन् । त्यस्तै, नेपाल सेनाका ४५, नेपाल प्रहरीका २५, सशस्त्र प्रहरी बलका १३, भन्सार कार्यालयका १५ तथा अध्यागमन कार्यालयका ४ जना सम्पर्कविहीन रहेको विवरणमा उल्लेख छ ।

यसैगरी, ५९२ जना विदेशी नागरिक र नेपाल भ्रमणमा आएका विदेशमा बस्ने १२७ जना नेपाली नागरिक समेत सम्पर्कविहीन रहेको प्राधिकरणले जनाएको छ ।