
सुनाखरी न्युज/ काठमाडौं ।
राजधानी प्रवेश गर्ने मुख्य राजमार्ग नै बन्द भएपछि अत्यावश्यक सामग्री र पेट्रोलियम पदार्थको ढुवानी प्रभावित हुन नदिन नेपाल आयल निगमले आपूर्तिमा कुनै समस्या नहुने जनाएको छ ।
मुग्लिन–काठमाडौं सडकखण्ड पूर्णरूपमा अवरुद्ध भएपछि अत्यावश्य सामग्री अभाव हुने आशंकाबीच आयल निगमले आपूर्तिमा समस्या नहुने जनाएको हो ।
राजमार्ग अवरुद्ध भएलगत्तै निगमले वैकल्पिक मार्गमार्फत पेट्रोलियम पदार्थ र खाना पकाउने एलपी ग्यास काठमाडौं ल्याउने वैकल्पिक मार्गको तयारी थालेको छ ।
निगमका कार्यकारी निर्देशक नागेन्द्र साहले सडक अवरुद्ध भएपछि मकवानपुर (हेटौंडा) को वैकल्पिक बाटो प्रयोग गरेर इन्धन भित्र्याइने जानकारी दिए ।
केही दिनअघिको अविरल वर्षाका कारण रोकिएका अधिकांश ट्यांकर हिजो ९शनिबार० नै काठमाडौं भित्रिसकेकाले तत्काल बजारमा इन्धनको कमी नहुने निगमले जनाएको छ ।
बाटो बन्द भएको खबरले बजारमा इन्धन नपाइने हो कि भन्ने त्रास फैलिन सक्ने भन्दै निगमले उपभोक्तालाई आश्वस्त रहन आग्रह गरेको छ ।
अवरुद्ध सडक खुलाउनेबारे सरकारले अध्ययन गरिरहेको छ ।