२०८३ भदौ १५ , सोमवार

नेलम्बो नेपालद्धारा प्रधान मन्त्री दैवीक प्रकोप कोषमा रु ५,५५,५५५ सहयोग

nelambo

सुनाखरी न्युज/ कठमाडौं ।
गण्डकी प्रदेश कास्की जिल्लाको पोखरा ४ गैह्रापाटनमा रहेको सामाजिक संस्था नेलम्बो नेपालले हालै देशका विभिन्न ठाउँमा आएको विनासकारी बाढी तथा प्राकृतिक प्रकोप र विपत्तिकाकारण प्रभावित नागरिकहरुको उद्धार राहत तथा पुर्नस्थापना कार्यमा सहयोग पुगोस् भन्ने हेतुले र प्राकृतिक विपत्तीमा नेलम्बो नेपालको (NELUMBO, NEPAL) को समाजिक उत्तरदायित्व अन्र्तगत यस घडीमा नेपाल सरकारको राहात कोषामा हातेमालो गर्ने संस्थाको निर्णय बमोजिम यस संस्थाको तर्फबाट प्रधानमन्त्री दैवीक प्रकोप कोषमा रु ५,५५,५५५ (अक्षेरुपी पाँचलाख पञ्चपन्न हजार पाँच सय पच्पन्न रुपैयाँ मात्र) सहयोग प्रदान गरेको छ ।

नेलम्बो नेपालले विपत व्यवस्थापनको लागि प्रधानमन्त्री दैवीक प्रकोप कोषको राष्ट्रिय बाणिज्य बैंक लिमिटेडको खाता नम्बर ११३०१००००३७६२००१ मा उक्त रकम जम्मा गरेको संस्थाका अध्यक्ष एकदेव देवकोटाले जानकारी गराउनु भयो । हालै देशमा घटेको प्राकृतिक विपत्तिका कारण धरैको ज्यान गएको परिवारहरु हताहात भएको अवस्थामा सम्पूर्णमा धैर्य धारण र सम्यमित भई उदवार खोज र राहातमा देश विदेश स्वदेसि तथा विदेशी संघ संस्था सवैले एक जुट भएर सहयोग गर्नु पर्ने देवकोटाले औल्याउनु भयो । उहाँले यस्ता सामाजिक उत्तर दायित्वका कार्य थप निरन्तरताको लागि पहल र प्रयास गर्ने पनि बताउनु भयो ।

नेलम्बो नेपाल गण्डकी प्रदेशमा रहेर शिक्षा, स्वास्थ्य र वातावरण्को क्षेत्रमा क्रियाशिल रहेको र विभिन्न महामारीमा पनि सँगसँगै रहेको नेलम्बो नेपालले कोभिड १९ को विषम् परिस्थितिमा गण्डकी प्रदेशका धेरै स्थानमा कोभिड १९ व्यवस्थापनमा स्वास्थ्य सहयोग गरेको थियो । यस वर्ष पनि रसुवा, धादिङ्ग, लगायतका ठाउँमा भएको विपत्तीमा पनि नेलम्बो नेपालले एक उल्लेखनिय कार्य गरेको छ ।