२०८३ भदौ १४ , आइतवार

आज सुनचाँदीकै मूल्यमा गिरावट, अब प्रतितोला कति?

_gold

सुनाखरी न्युज/ काठमाडौं ।

सुनको भाउ आज तोलामा ९ हजार ५ सय रुपैयाँ घटेर ३ लाख ९ हजारमा झरेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। यसअघि गएको शुक्रबार सुनको भाउ तोलामा २ हजार ४ र बिहीबार पनि १ हजार २ सय रुपैयाँ घटेको थियो।

गत शुक्रबार सुनको भाउ ३ लाख १८ हजार ५ सय थियो। त्यसैगरी चाँदीको मूल्य पनि आज तोलामा १ सय ८५ रुपैयाँ घटेको छ।

मूल्य घटेर चाँदीको भाउ आज तोलाको चार हजार ७ सय ८० रुपैयाँमा झरेको महासंघले जनाएको छ। गएको शुक्रबार चाँदीको मूल्य तोलाको ४ हजार ९ सय ६५ रुपैयाँ थियो।