२०८३ भदौ १४ , आइतवार

बाढीले कृष्णभीरमा कटान गरेपछि काठमाडौं-मुग्लिन सडक पूर्णरूपमा अवरुद्ध

Krihna Vir

सुनाखरी न्युज/ काठमाडौं ।

बाढीका कारण काठमाडौं-मुग्लिन सडक पूर्ण रुपमा अवरुद्ध भएको छ ।

धादिङकी प्रमुख जिल्ला अधिकारी लक्ष्मी पाण्डेय (गौतम) का अनुसार भोटेकोशी हुँदै आएको बाढीले त्रिशूली नदीमा बहाव बढ्दा सडक अवरुद्ध भएको हो ।

 

प्रमुख जिल्ला अधिकारी पाण्डेय (गौतम) का अनुसार त्रिशूलीमा आएको बाढीले तलबाट सडक कटान गरेपछि सडक अवरुद्ध भएको छ । बाढीले कटान गरेपछि सडक केही भासिएको छ ।

आज बिहान केहीबेर अवरुद्ध भएर खुलेको सडक केही समयमै पूर्णरुपमा बन्द भएको हो । सडक बन्द भएपछि यात्रु अलपत्र परेका छन् ।