
सुनाखरी न्युज/ काठमाडौं ।
नेपाल राष्ट्र बैंकले रसुवा बाढी पीडितलाई राहत र उद्धारमा सहजीकरणका लागि बैंकिङ सेवा सुचारू राख्न निर्देशन दिएको छ ।
बैंक तथा वित्तीय संस्थाले शुक्रबारदेखि आइतबार पनि वित्तीय सेवा दिने भएका छन् ।
केन्द्रीय बैंकका अनुसार, रसुवा बाढीको कारणबाट प्रभावितहरूलाई राहत वितरण तथा उद्धार कार्यमा सघाउ पुर्याउने प्रयोजनका लागि अत्यावश्यक बैंकिङ सेवा सुचारु हुनेछ ।
साथै बैंकहरूले सेवा सुचारु रहेको जानकारी पनि सर्वसाधारणलाई दिनुपर्ने केन्द्रीय बैंकले जनाएको छ ।