
सुनाखरी न्युज/ काठमाडौं ।
नेपाल–चीन सीमावर्ती क्षेत्रमा गएको पहिरोले नदीको बहाव अवरुद्ध भएपछि बनेको अस्थायी तालका कारण तल्लो तटीय क्षेत्रमा पुनः ठूलो विपद्को जोखिम बढेको छ। चीनको केरुङ क्षेत्रमा पहिरोले थुपारेको माटो र ढुंगाले प्राकृतिक बाँध बनेपछि पानी जमेर ताल विस्तार भइरहेको जनाइएको छ। चीनको केन्द्रीय टेलिभिजन ( सीसीटिभी ) का अनुसार नेपालमा छोछेन खोला र पुरेपु त्साङ्पो नदीको संगम नजिकै ठुलो ‘ब्यारियर लेक’ बनेको छ । बिहीबार बिहानसम्म उक्त तालमा करिब २० लाख घनमिटर पानी जम्मा भइसकेको र पानी तालबाट बाहिरिनसमेत थालेको मन्त्रालयले जनाएको छ ।
उता छोचेन खोला नेपाल र चीन ( तिब्बत ) को सीमा क्षेत्रमा बग्ने तथा त्रिशूली–भोटेकोशी नदी प्रणालीको एउटा महत्त्वपूर्ण माथिल्लो सहायक नदी हो। यो नदी बुधबार चीन- नेपाल सीमा क्षेत्रमा गएको भीषण पहिरो र प्राकृतिक बाँध ( कृत्रिम ताल ) निर्माणको प्रमुख श्रोत बनेको छ।तालबाट पानी बाहिरिन थाले पनि आगामी तीन दिनमा थप ३० लाख घनमिटर पानी तालमा थपिने अनुमान गरिएको छ। यसले ताल फुट्ने उच्च जोखिम रहेको चेतावनी चिनियाँ जलस्रोत मन्त्रालयले जनाएको छ।मन्त्रालयले तालको अवस्थालाई नजिकबाट निगरानी गरिरहेको तथा सम्भावित ताल फुट्ने अवस्थाको पूर्वानुमान गर्न बाढीको सिमुलेसन र विश्लेषण गरिरहेको जनाएको छ।
सम्भावित विपद्का क्रममा उद्धार तथा राहतका लागि आवश्यक सहयोग उपलब्ध गराउने तयारीसमेत भइरहेको छ। यसैबीच, नेपाल–चीन सीमाको नेपाली क्षेत्रको रसुपा(केरुङमा गएको विनाशकारी पहिरोपछि दुवैतिर उद्धार तीव्र पारिएको छ । बाढीले चीनको दक्षिणपश्चिमी तिब्बत स्वायत्त क्षेत्रस्थित क्यिरोङ ( केरुङ ) बन्दरगाह प्रभावित भएको छ। बुधबार बिहानको भीषण बाढीपछि चिनियाँ अधिकारीहरूले उद्धार तथा राहतका लागि जनमुक्ति सेनासहित विभिन्न निकाय एकसाथ परिचालन गरेका छन्। यता नेपालमा सेना, प्रहरी र सशस्त्र प्रहरी परिचालन गरिएको छ।
चिनियाँ जनमुक्ति सेना, उद्धारकर्मी, इन्जिनियरिङ टोली, दूरसञ्चार कम्पनी तथा राहत संस्थाहरूले जनशक्ति, विमान, उपकरण र राहत सामग्रीसहित प्रभावित क्षेत्रमा काम गरिरहेका छन्। दुवैतर्फ कठिन भौगोलिक अवस्था, निरन्तर वर्षा र थप पहिरो तथा अन्य विपद्को जोखिमका बीच उद्धार कार्य जारी रहेको छ। बिहीबार बिहानसम्म उक्त विस्फोटक घटनामा चीनतर्फ तीन जनाको मृत्यु भएको छ। चीनमा ५५८ जना अझै बेपत्ता रहेको चिनियाँ अधिकारीहरूले बताएका छन्। बेपत्तामध्ये २६० जना विदेशी नागरिक रहेको जनाइएको छ। यता नेपालमा भोटेकोसी बाढीका कारण मृत्यु हुनेको संख्या २७० पुगेको छ। नेपाल प्रहरीका अनुसार चितवनमा मात्रै १०८ जनाको शव फेला परेको छ। त्यस्तै पूर्वनवलपरासीमा ६२, पश्चिम नवलपरासीमा १५, धादिङमा २७ जनाको शव फेला परेको प्रहरीले जानकारी दिएको छ।