२०८३ भदौ ११ , बिहिवार

भोटेकोशी बाढी: उद्धार र राहतका लागि रास्वपाले सरकारलाई ५० लाख रुपैयाँ सहयोग गर्ने

ravi-696×305

  सुनाखरी न्युज/ काठमाडौं । 

राष्ट्रिय स्वतन्त्र पार्टी  ( रास्वपा )  भोटेकोशी बाढीपीडितका लागि ५० लाख रुपैयाँ आर्थिक सहयोग गर्ने घोषणा गरेको छ। रास्वपाले विपद् व्यवस्थापनका लागि सरकारलाई आर्थिक सहयोग गर्ने निर्णय गरेको छ। सरकारको तर्फबाट पनि आवश्यक राहतको प्याकेज घोषणा हुने बताए। अहिले उद्धारमा केन्द्रित रहेको उनले बताए।

बेपत्ताको खोजी, उद्धार र राहतको सबैलाई आग्रह समेत गरे। रास्वपाले विपद्का समयमा भ्रामक सूचना तथा अफवाह फैलिन सक्ने भन्दै सरकारी निकायबाट जारी आधिकारिक सूचनालाई मात्र आधार मान्न र सामाजिक सञ्जालमा तथ्यपरक सूचना सम्प्रेषण गर्न आग्रह गरेको छ। नदी तटीय तथा पहिरोको उच्च जोखिममा रहेका नागरिकलाई विशेष सतर्कता अपनाउनसमेत पार्टीले अपिल गरेको छ ।

त्यस्तै, बेपत्ता नागरिकको खोज तथा उद्धारलाई तीव्रता दिन र प्रभावित क्षेत्रमा सम्भावित महामारी नियन्त्रणका लागि विशेषज्ञ स्वास्थ्य टोली तत्काल परिचालन गर्न सरकारको ध्यानाकर्षण गराएको छ । बाढीका कारण घरबारविहीन भएका परिवारलाई उचित क्षतिपूर्ति तथा सम्मानजनक र दीर्घकालीन पुनःस्थापनाका लागि ठोस कार्ययोजना तत्काल सुरु गर्न पनि रास्वपाले सरकारसँग माग गरेको छ ।

यसैगरी, विपद् व्यवस्थापन, उद्धार र राहतमा सम्पूर्ण ध्यान केन्द्रित गर्ने भन्दै रास्वपाले आफ्ना पूर्वनिर्धारित सम्पूर्ण आधिकारिक, राजनीतिक तथा साङ्गठनिक गतिविधि अर्को सूचना जारी नभएसम्मका लागि स्थगित गर्ने निर्णय गरेको छ ।