२०८३ भदौ ११ , बिहिवार

रसुवा बाढी अपडेट : ८२६ जना सम्पर्कविहीन, १६५ को शव भेटियो

bhotekosi-badhi_oX2MT49LJI_8hnUFWy6Bq

सुनाखरी न्युज/ काठमाडौं ।

रसुवामा आएको विनाशकारी बाढीका कारण इलाका प्रहरी कार्यालय टिमुरे र विभिन्न प्रहरी चौकीका गरी २८ जना प्रहरी कर्मचारी अझै सम्पर्कविहीन रहेका छन्।

बिहान सवा ८ बजे सार्वजनिक गरेको बुलेटिन अनुसार बाढीमा परेर ८२६ जना सम्पर्कविहीन भएका छन् । प्रहरीका अनुसार सम्पर्कविहीन हुनेमा ४४ जना नेपाली सेना, २८ जना प्रहरी, १३ जना सशस्त्र प्रहरी र ५७९ जना पर्यटक रहेका छन् ।

हालसम्म १०४ जनाको उद्धार भइसकेको केन्द्रले बताएको छ। उद्धार हुनेमा रसुवाबाट ४३ जना, नुवाकोटबाट ५८ जना र धादिङबाट ३ जनाको उद्धार गरिएको हो।

केन्द्रका अनुसार बिहान सवा ८ बजेसम्म १६५ जनाको शव भेटिएकामा धादिङमा २७ जनाको, नुवाकोटमा १२ जनाको, रसुवामा २ जनाको, गोरखामा २० जनाको शव भेटिएको हो।