२०८३ भदौ १० , बुधवार

सुनको मूल्य घट्यो, चाँदी बढ्यो

Gold Silver

सुनाखरी न्युज/ काठमाडौं ।

बुधबार सुनको मूल्य सामान्य घटेको छ, भने चाँदी बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यस दिन सुनको मूल्य प्रतितोला १ सय रुपैयाँ घटेको छ । महासंघले आजका लागि सुनको मूल्य प्रतितोला ३ लाख २२ हजार १ सय रुपैयाँ तोकेको छ ।

अघिल्लो दिन ३ लाख २२ हजार २ सय रुपैयाँ थियो । एक सातामै सुनको भाउ १८ हजार रुपैयाँ बढेको छ । गत बुधबार सुनको भाउ ३ लाख ४ हजार १ सय रुपैयाँ थियो ।

चाँदी तोलामा ७५ रुपैयाँ बढेको छ । अघिल्लो दिन ४ हजार ९०० रुपैयाँ रहेको चाँदी आज ४ हजार ९७५ रुपैयाँ कायम भएको छ । गत बुधबार चाँदी ४ हजार ५९५ रुपैयाँ थियो ।