
सुनाखरी न्युज/ काठमाडौं ।
रसुवाको त्रिशुली नदीमा भिषण बाढी आएको छ । प्रहरी प्रधान कार्यालयका अनुसार बाढीले ठूलो क्षति गरेको छ। रसुवा जिल्लामा मात्रै ३ वटा कार्यालयमा क्षति भएको विवरण प्राप्त भएको प्रहरी प्रधान कार्यालयले बताएको छ ।
बाढीले प्रहरी चौकी स्याब्रुबेंशी, इप्रका टिमुेर, प्रहरी चौकी मेलुङ बगाएको छ। त्यसमा प्रहरीहरु समेत बेपत्ता छन्। ती यूनिटका प्रहरीसँग सम्पर्क हुन नसकेको प्रहरी प्रधान कार्यालयले जनाएको छ।
बाढीले टिमुरे क्षेत्रमा ठूलो क्षति पुर्याएको छ। चीनतर्फबाटै बाढी आएको प्रारम्भिक सूचना प्राप्त भएको प्रहरीले जनाएको छ।