
सुनाखरी न्युज/ काठमाडौं ।
प्रधानमन्त्री वालेन्द्र शाहले बुधबार संसद्मा उपस्थित भएर सांसदका प्रश्नको जवाफ दिने भएका छन् । उनलेप्रतिनिधिसभा नियमावलीको व्यवस्थाअनुसार पहिलो पटक सांसदका प्रश्नको उत्तर दिन लागेका हुन् ।
प्रतिनिधिसभा नियमावलीको परिच्छेद ९ मा प्रधानमन्त्रीसँग प्रश्नोत्तरको व्यवस्था छ । जसमा प्रधानमन्त्रीले प्रत्येक महिनाको पहिलो साता सांसदका प्रश्नको जवाफ दिनुपर्ने उल्लेख छ ।
११ सांसदले प्रधानमन्त्रीलाई सोध्न प्रश्न दर्ता गराएका छन् । रास्वपाका कृष्णहरि बुढाथोकी, समीक्षा बाँस्कोटा र अमरेशकुमार सिंहले प्रधानमन्त्रीलाई प्रश्न सोध्नेछन् । त्यस्तै, कांग्रेसका वासना थापा र गीता गुरुङ, एमालेका ऐनबहादुर महर र गणेशसिंह ठगुन्नाले प्रश्न दर्ता गराएका छन् । नेकपाका वर्षमान पुन र प्रमेश हमाल, श्रम संस्कृतिका हर्कराज राई र राप्रपाकी खुस्बु ओलीले पनि प्रधानमन्त्रीलाई प्रश्न गर्नेछन् ।