२०८३ भदौ ९ , मंगलबार

बालेनले आँखाको समस्याका कारण चस्मै लगाएर सदनमा जवाफ दिने

Balen PM2

सुनाखरी न्युज/ काठमाडौं ।

सभामुख डीपी अर्यालले प्रतिनिधिसभा बैठकमा कालो चस्मा लगाउन नपाइने नियम राखेको धेरै समय भएको छैन। प्रधानमन्त्री शाहको सचिवालयले स्वास्थ्य परीक्षणका क्रममा चिकित्सकले केही समय कालो चस्मा लगाउन सुझाव दिएको जानकारीसहित संसद् सचिवालयलाई पत्र पठाएको छ।संसद् बैठकमा कालो चस्मा प्रयोग गरेको विषयमा सभामुखबाट चासो व्यक्त भएपछि प्रधानमन्त्रीको स्वास्थ्य अवस्था र परीक्षणसम्बन्धी विवरण औपचारिक रूपमा सचिवालयमा पठाइएको हो।

यदि कालो चस्मा लगाउनुपर्ने भए स्वास्थ्य रिपोर्ट बुझाउनुपर्ने भन्दै सभामुख अर्यालले अन्यथा बैठकमा सहभागी नगराइने चेतावनी दिएका थिए। तर यो नियमपछि पनि प्रधानमन्त्री वालेन शाहले भने कालो चस्मा लगाउने भएका छन्।  लेफ्टिनेट कर्णेल डा.  सचित ढकालले प्रधानमन्त्री बालेनको आँखा परीक्षण गरेर बनाएको स्वास्थ्य रिपोर्ट सचिवालयमा बुझाइएको हो । उक्त रिपोर्टमा प्रधानमन्त्री बालेनलाई उज्यालोमा हेर्न कठिन हुने, आँखा सुक्खा हुने हुँदा आइड्रपको प्रयोग गरिरहनुपर्ने उल्लेख छ ।

सचिवालयका अनुसार प्रधानमन्त्री शाहको साउन २२ गते आँखाको स्वास्थ्य परीक्षण गरिएको थियो। परीक्षणपछि चिकित्सक डा। सचित ढकालले आँखाको अवस्थाका कारण कालो चस्मा लगाउन सुझाव दिएका थिए। सोही चिकित्सकीय सुझावसहितको पत्र प्रधानमन्त्रीको सचिवालयले साउन २६ गते संसद् सचिवालयलाई पठाएको हो। यसअघि संसद्मा कार्यव्यवस्था परामर्श समितिको बैठकले संसद् बैठकमा कालो चस्मा लगाउन निषेध गर्ने निर्णय गरेको थियो। तर, प्रधानमन्त्री शाहको स्वास्थ्य अवस्थालाई ध्यानमा राख्दै उक्त विषयमा संसद् सचिवालयलाई जानकारी गराइएको हो।