
सुनाखरी न्युज/ काठमाडौं ।
नयाँ बानेश्वर चोकमा ड्युटीमा खटिएको प्रहरीमाथि नै हातपात भएको छ।
आक्रमण गर्ने जुम्ला घर भएका २७ वर्षीय राज कठायत नाम गरेको युवकलाई पक्राउ गरिएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका एसपी नरेशराज सुवेदीले बताए ।
प्रहरीले जनचेतना जगाउँदै जथाभावी बाटो नकाट्न र आकाशे पुलबाट मात्र बाटो काट्न भनेपछि एकजना युवकले आक्रोशित भएर ट्राफिक प्रहरीमाथि नै हातपात गरेका छन् ।