
सुनाखरी न्युज/ काठमाडौं ।
मंगलबार सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यस दिन सुनको मूल्य प्रतितोला ५ सय रुपैयाँ र चाँदी ६५ रुपैयाँ घटेको हो ।
महासंघले आजका लागि सुनको मूल्य प्रतितोला ३ लाख २२ हजार २ सय रुपैयाँ तोकेको छ । अघिल्लो दिन ३ लाख २२ हजार ७ सय रुपैयाँ थियो । एक सातामै सुनको भाउ १५ हजार ४ सय रुपैयाँ बढेको छ । गत मंगलबार सुनको भाउ ३ लाख ६ हजार ८ सय रुपैयाँ थियो ।
चाँदी तोलामा ६५ रुपैयाँ घटेसँगै आज ४ हजार ९०० रुपैयाँ कायम भएको छ अघिल्लो दिन चाँदीको भाउ आज ४ हजार ९६५ रुपैयाँ थियो । गत मंगलबार चाँदी ४ हजार ७५५ रुपैयाँ थियो ।