
सुनाखरी न्युज/ काठमाडौं ।
काठमाडौंका सडकमा रहेका खाल्डा पुर्ने कामलाई तीव्रता दिइएको छ ।सडकलाई सुरक्षित र व्यवस्थित बनाउने उद्देश्यले कार्यालयले मर्मत अभियानलाई तीव्रता दिएको हो।
कार्यालयले सवारी साधनको चाप कम हुने रातको समय पारेर यस्तो काम गर्दै आएको छ । कार्यालयका अनुसार चक्रपथभित्रका सडकको मर्मतलाई प्राथमिकताका साथ अघि बढाएपछि अहिले चक्रपथबाहिरका सडकमा काम केन्द्रित गरिएको छ।
कार्यालयका अनुसार बुधबार तीनकुने–गैरीगाउँ–विमानस्थल–गैरीधारा–माइतीघर–बबरमहल–बिजुलीबजार–नयाँबानेश्वर सडक खण्डमा खाल्डाखुल्डी तथा क्षतिग्रस्त भागहरूमा मर्मतको काम गरिएको छ सडकमा खाल्डाखुल्डी देखिएपछि प्राविधिक टोलीसहितको एम्बुलेन्स तत्काल सम्बन्धित स्थानमा पुगेर मर्मत गर्ने व्यवस्था मिलाइएको कार्यालयले जनाएको छ।