
सुनाखरी न्युज/ काठमाडौं ।
साताको पहिलो कारोबार दिन सोमबार सेयर बजार २६ सय मुनि झरेको छ । आज नेप्सेमा ३ अर्ब २३ करोड ९७ लाख ६० हजार रुपैयाँको कारोबार हुँदा नेप्से १९.३३ अंकले झरेर २५९९. ५८ बिन्दुमा पुगेको हो । आज नेप्सेमा कारोबार भएकामध्ये २२९ वटा कम्पनीको सेयर मूल्य घट्यो भने ४७ वटा कम्पनीको सेयर मूल्य बढ्यो ।
तर, आज २ वटा कम्पनीको सेयर मूल्य भने स्थिर रह्यो । ४७ कम्पनीको मूल्य बढ्दा २२९ कम्पनीको घटेको छ । २ को मूल्य स्थिर रह्यो । सबै समूहगत सूचक झरेका छन् । जलविद्युत् सबैभन्दा धेरै १ . १९ प्रतिशत घट्यो । त्यस्तै निर्जीवन बीमा १. १२ प्रतिशत घट्यो । अरू समूहगत सूचकको गिरावट दर १ प्रतिशतभन्दा कम रह्यो ।
बैंकिङ ०. ६७, विकास बैंक ०. ४७, फाइनान्स ०. ८०, होटल तथा पर्यटन ०. ०१, लगानी ०. ४१, जीवन बीमा ०. ८१, उत्पादन तथा प्रशोधन ०. ४६, माइक्रोफाइनान्स ०. ५३, अन्य ०. ७८ तथा व्यापार ०. ५० प्रतिशत घटे । समूहगत कारोबार हेर्दा सधैंझैं हाइड्रोपावर समूहको सबैभन्दा धेरै कारोबार भयो । सो समूहको १ अर्ब ६८ करोडको कारोबार भयो । त्यस्तै वाणिज्य बैंकहरुको ३० करोड, उत्पादन तथा प्रशोधन ३२ करोड रुपैयाँ बराबरको कारोबार भयो ।
हालै सूचीकृत सर्वोत्तम पेन्ट्स्को मूल्य १५ प्रतिशत बढ्यो । त्यस्तै धौलागिरि लघुवित्तको ११. ९८, सीवाईसी लघुवित्तको ९. १४, सयपत्री हाइड्रोपावरको ६. २७, हाथवे इन्भेस्टमेन्टको ३. ३३, खानीखोला हाइड्रोपावरको ३. ३३ प्रतिशत मूल्य बढ्यो । पन्चकन्या माइ हाइड्रोपावरको मूल्य ९. ८३, विन नेपाल लघुवित्तको ८. ६७ तथा माउन्ट एभरेस्ट पावरको ७. ७६ प्रतिशत मूल्य घट्यो । आज रकमका आधारमा धेरै कारोबार भएका कम्पनीमा रिलायन्स स्पिनिङ मिल्स, सोलु हाइड्रोपावर, साहस ऊर्जा, रिडी पावर, एक्सल डेभलपमेन्ट बैंक, सानिमा मिडिल तमोर छन् ।