२०८३ भदौ ८ , सोमवार

ज्ञानेन्द्र शाहीको अपिल : नेपाली स्याउले बजार पाएन, विदेशबाट आयात रोकियोस्

gyanendra_bv5EC5EP1w

सुनाखरी न्युज/ काठमाडौं ।

राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद ज्ञानेन्द्र शाहीले विदेशबाट स्याउ आयात रोक्न सरकारसँग माग गरेका छन्। शाहीले प्रधानमन्त्री तथा कृषि मन्त्रीलाई लक्षित गर्दै नेपाली किसानको मेहनतको सम्मान गर्न र स्वदेशी स्याउलाई प्राथमिकता दिन आग्रह गरेका हुन्। उनले विशेषगरी जुम्लालगायत हिमाली जिल्लाका किसानले उत्पादन गरेको स्याउ नेपाली उपभोक्ताले रोज्नुपर्ने बताएका छन्।

प्रतिनिधिसभाको सोमवारको बैठकमा बोल्दै सांसद शाहीले सरकारको ध्यानाकर्षण गराउँदै स्वदेशी उत्पादनलाई प्राथमिकता दिन आग्रह गरेका हुन्। सांसद शाहीले अघिल्लो आर्थिक वर्षमा मात्रै करिब १० अर्ब ५५ करोड ७५ लाख रुपैयाँभन्दा बढीको स्याउ विदेशबाट आयात भएको दाबी गर्दै नेपाली किसानले उत्पादन गरेको स्याउ भने बजार अभावका कारण समस्यामा परेको बताए।

शाहीले किसानहरूले उत्पादन गरेको स्याउ बजारसम्म पुर्‍याउने क्रममा कुनै अवरोध नहोस् भनेर प्रहरी प्रमुख तथा प्रदेश प्रमुखसँग आवश्यक समन्वय गरिसकेको दाबी गरेका छन्।