२०८३ भदौ ८ , सोमवार

सांसद खगेन्द्र सुनारले बलात्कार र भ्रष्टाचार प्रमाणित भए ‘अन द स्पट’ कारबाही गर्ने कानुन बनाऔँ

Screenshot-1224-768×432

सुनाखरी न्युज/ काठमाडौं ।

रास्वपाका सांसद खगेन्द्र सुनारले बलात्कारी र भ्रष्टाचारीलाई ‘अन द स्पट’ ठोक्ने कानुनको व्यवस्था तत्काल लागू गर्न आह्वान गरेका छन् ।सोमबार जारी प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले यस्तो  आह्वान गरेका हुन् ।

उनले विगतदेखि बलात्कार र हत्या भएकाहरूको नाम लिएका थिए । उनले भने, ‘बलात्कार र हत्याको फेहरिस्त धेरै नाम सुनाउन सकिन्छ । घण्टौँ घण्टासम्म सुनाउन सकिन्छ र लामो छलफल गर्न सकिन्छ ।

तर हामीले गरिमाको गरिमा जोगाउन सक्छौँ कि सक्दैनौँ  ?  निर्मला पन्तको जन्ती जाने हो कि मलामी जाने हो  ?  त्यो छलफल गर्नुपर्ने बेलामा हामी पुगिसकेका छौँ ।’ उनले चेलीहरूको बाँच्न पाउने र नाच्न पाउने अधिकार सुनिश्चित गर्नुपर्ने बताए ।