
सुनाखरी न्युज/ काठमाडौं ।
सुनको भाउ आइतबार तोलामा २ हजार ८ सय रुपैयाँ बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको मूल्य प्रतितोला ३ लाख १९ हजार ५ सय रुपैयाँ तोकेको छ । अघिल्लो दिन ३ लाख १६ हजार ७ सय रुपैयाँ थियो। एक सातामै सुनको भाउ १४ हजार ३ सय रुपैयाँ बढेको छ । गत आइतबार सुनको भाउ ३ लाख ५ हजार २ सय रुपैयाँ थियो ।
चाँदी तोलामा १० रुपैयाँ घटेको छ । महासंघले अघिल्लो दिन प्रतितोला ४ हजार ९८५ रुपैयाँ तोकेको चाँदीको भाउ आज ४ हजार ९७५ रुपैयाँमा झरेको छ । गत आइतबार चाँदी ४ हजार ७१० रुपैयाँ थियो ।