२०८३ भदौ ६ , शनिवार

आज शनिबार, कुन राशिका लागि कति शुभ ? हेर्नुहोस् राशिफल

today-rashifal_bB2FYgNe49

सुनाखरी न्युज/ काठमाडौं । 

आजको राशिफल

मेष( चू,चे,चो,ला,लि,लू,ले,लो,अ )  सवारी साधनको प्रयोग गर्दा वा चलाउँदा ध्यान दिनुहोला अप्रिय घटना नघट्ला भन्न सकिन्न । दिनभर व्यस्त भए पनि न्यून पारिश्रमिकमा चित्त बुझाउनु पर्दा मन खिन्न हुनेछ । खानपिन तथा बाहिरी वातावरणको ख्याल गर्नुहोला । पढाइ लेखाइमा समय दिन नसक्दा अरूभन्दा पछि परिने चिन्ताले सताउनेछ । साँझपख समय राम्रो रहेकोले व्यापार व्यवसायबाट लाभ लिन सकिनेछ । माया प्रेममा रमाउन चाहनेहरूका लागी समय उत्तम रहेको छ ।

वृष ( ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो )  आफ्नै बलबुताले व्यापार व्यवसायमा लगानी गरी मनग्गे धन सम्पत्ति सङ्ग्रह गर्न सकिनेछ । विगतका कमजोरीहरूलाई सुधार गर्दै सफलताको मार्गमा पाइला चाल्न सकिनेछ । भौतिक सम्पत्तिको प्रयोग गर्न पाइने तथा बिलासी बस्तुको उपयोग मार्फत अरूको मन आफुनिर तान्न सकिनेछ । प्रेम प्रसङ्गमा रमाउन चाहनेहरूका लागि समयले साथ दिनेछ । साँझपख समय मध्यमय रहेकोले आफन्तसँग विवाद हुने योग रहेको छ । यात्रा गर्दा वा सवारी साधनको प्रयोग गर्दा ध्यान दिनुहोला ।

मिथुन  ( का,की,कू,घ,ङ,छ,के,को,हा )  बन्द व्यापारबाट मनग्गे आम्दानी हुनेछ । तपाईँको कुरा काट्ने तथा विरोध गर्नेहरू तपाईँकै प्रशंसा गर्न थाल्नेछन् । कुनै पनि प्रतिस्पर्धामा प्रतिस्पर्धीहरूलाई हराउँदै जित हात पार्न सकिनेछ । शरीर स्वास्थ्य रहने हुनाले राम्रा काम गरी दाम कमाउन सकिनेछ । पढाइ लेखाइमा राम्रो नतिजाका साथ तपाईँको नाम अग्र स्थानमा आउनेछ । साँझपख खानपान, यात्रा तथा मनोरञ्जनमा समय व्यातित हुनेछ ।

कर्कट  ( ही,हू,हे,हो,डा,डी,डु,डे,डो )  लामो समयदेखि थाती रहेको काम बन्नेछ भने विभिन्न अवसरको सदुपयोग गरी मनग्गे धन तथा सम्पत्ति सङ्ग्रह गर्न सकिनेछ । आर्थिक मुद्दाहरू हल भएर जानेछन् । मित्रहरूको सहयोग रहनाले समयमा कामहरू बन्नेछन् । पढाइ लेखाइमा पहिले भन्दा सुधार भएर जानेछ भने अलि बढी मेहनत गर्दा नतिजा आफैतिर ल्याउन सकिनेछ । भौतिक सम्पत्ति तथा बिलासी वस्तुको प्रयोग गर्न पाइने हुँदा मन प्रफुल्ल हुनेछ । अध्ययनको सिलसिलामा यात्रा गर्न सकिने समय रहेको छ ।

 

सिंह ( मा,मी,मू,मे,मो,टा,टी,टू,टे )  कुनै काम शुरु गर्नुभन्दा पनि पुरानै कामहरूलाई निरन्तरता दिनुहोला । चाहँदा चाहँदै पनि घरायसी सुख सुविधाहरू प्रयोग गर्न नपाउँदा मन खिन्न हुनेछ । काम बिग्रने हुँदा राजकीय सम्मान पाउने योग टरेर जाने तथा राजनीतिमा प्रतिस्पर्धीहरू हाबी हुनेछन् । छातीमा देखिने समस्याका कारण काम गर्न नसकेजस्तो हुनेछ । साँझपख समय राम्रो रहेकोले अध्ययनमा मन जाने तथा नतिजा हात पार्न सकिनेछ । चिट्ठा पर्ने तथा नसोचेको धन हातलागी हुने योग रहेको छ ।

कन्या  ( टो,पा,पी,पू,ष,ण,ठ,पे,पो )  राम्रा तथा परिणाममुखी काम हुनाले आफन्त तथा छिमेकीहरू प्रभावित हुनेछन् । पराक्रमी क्रियाकलापमा भाग लिई पुरुषार्थी काम गर्न सकिनेछ । लेख तथा रचनाको माध्यमबाट संस्कार परिवर्तन गर्न तपाईँको भूमिका महत्त्वपूर्ण रहनेछ । अध्ययनकै सवालमा यात्रा हुनेछ । भाग्यले साथ दिने हुनाले व्यापार फस्टाएर जानेछ । प्रेममा नजिक हुन सकिनेछ । साँझपख आमा वा आफन्तसँग टाढिएर यात्रा गर्नुपर्दा मन खिन्न हुनेछ । यात्रा गर्दा ध्यान दिनुहोला ।

तुला  ( रा,री,रु,रे,रो,ता,ती,तू,ते  )  व्यापार व्यवसायबाट मनग्गे आम्दानी हुनेछ । माया प्रेममा एक अर्कालाई विश्वास गर्दै जान सकिने हुनाले मन प्रसन्न रहनेछ । कला, साहित्य तथा यस्तै क्षेत्रमा समय खर्चिने हरूले मनग्गे धन तथा सम्पत्ति कमाउन सक्नेछन् । पढाइ लेखाइमा थोरै समय दिए पनि सफलता हात लाग्नेछ । कुटुम्बबाट आवश्यक सहयोग पाइने हुँदा मन खुसी रहनेछ । साँझपख छोटो दुरीको रमाइलो यात्राको तय हुनेछ ।

वृश्चिक ( तो,ना,नी,नू,ने,नो,या,यी,यू )  नयाँ प्रविधिको प्रयोग मार्फत व्यवसायमा लगानी गरी मनग्गे आम्दानी गर्न सकिनेछ । आर्थिक अवस्था राम्रो हुने तथा पहिलेदेखि नउठेका रकमहरू उठ्नेछन् । समाजसेवामा जनतासँगै रहेर काम गर्न सक्दा नाम कमाउन सकिनेछ । माया प्रेममा एक अर्कालाई विश्वास गर्दै अगाडी बढ्न सकिनेछ । कन्फिडेन्ट पावर बढ्ने हुनाले पराक्रमी काम गर्न सकिनेछ । सामाजिक सञ्जाल तथा प्रविधिको प्रयोग मार्फत आफ्ना भनाइ जनमानसमा लैजान सकिनेछ ।

 

धनु  ( ये,यो,भा,भी,भू,ध,फा,ढा,भे )  हुन तथा बन्ने निश्चय भएको काम अचानक बिग्रन सक्छ । लगानी, दौडधुप, श्रम र प्रयत्नको उचित मूल्य नपाइने समय छ । नयाँ काममा हात हाल्न केही समय पर्खँदा राम्रो हुनेछ । स्वास्थ्य सम्बन्धी समस्याले सताउन सक्छ ध्यान दिनुहोला । लामो दुरीको यात्राको तय गर्न सकिने भए पनि यात्राका क्रममा ध्यान दिनुहोला । साँझपख समय राम्रो रहेकोले खाद्यान्न तथा औषधीजन्य सामानको व्यापारबाट नाफा कमाउन सकिनेछ ।

मकर  ( भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी )  अध्ययनमा मन जानेछ भने अध्ययनकै सिलसिलामा यात्रा हुनेछ । राज्यको मेकानिजम्भित्र बसेर जनताको काम गर्न सकिनेछ । शुभचिन्तक तथा सहयोगीको सल्लाहले राम्रा काम गर्न सकिनेछ । व्यापारमा आज गरिने लगानी आगामी दिनमा आम्दानीको गतिलो स्रोत बन्नेछ । प्रेममा आफ्नो भावना साटासाट गर्ने वातावरण बन्नेछ । साँझपख विदेश यात्राको योग रहेको छ ।

कुम्भ  ( गू,गे,गो,सा,सी,सू,से,सो,दा )  पारिवारिक माहौलमा मिष्ठान्न भोजन गर्ने अवसर प्राप्त हुनेछ । कामहरू समयमा नै सम्पन्न हुने हुनाले थप काम गर्न जोस जाँगर बढेर आउनेछ । सहयोगीहरूबाट आर्थिक लाभ हुनेछ भने उपहार प्राप्तिको योग रहेको छ । तपाईँको चुम्बकीय व्यक्तित्वले सबैको मन तान्नेछ । व्यापार व्यवसाय फस्टाएर जानेछ भने आम्दानीका बाटाहरू फराकिला हुनेछन् । साँझपख प्राकृतिक स्रोत साधनको प्रयोग मार्फत रुपैयाँ पैसा कमाउन सकिनेछ ।

मीन  ( दी,दू,थ,झ,ञ,दे,दो,चा,ची )  सामाजिक काम गरी नाम तथा दाम दुवै कमाउन सकिनेछ । पढाइ लेखाइमा सुधार भएर जाने तथा आफन्तहरूलाई खुसी पार्न सकिनेछ । आफ्नो रीतिरिवाज जोगाउने काममा समय खर्च हुनेछ भने तीर्थ यात्राको प्रशस्त सम्भावना रहेको छ । व्यापार व्यवसायमा लगानी बढाई प्रशस्त नाफा कमाउने समय रहेको छ । प्रेम प्रसङ्गमा रमाउन चाहनेहरूका लागी दिन उत्तम रहेको छ । साँझपख कर्म प्राप्तिको सिलसिलामा लामो दुरीको यात्राको योग रहेको छ ।