२०८३ भदौ ५ , शुक्रवार

प्रधानमन्त्री बालेन शाह मुस्ताङ निजी भ्रमणमा जानुभएको हो : प्रधानमन्त्री कार्यालय

pm-balen-cover1

सुनाखरी न्युज/ काठमाडौं ।

प्रधानमन्त्री कार्यालयले प्रधानमन्त्री बालेन शाहको पोखरा हुँदै मुस्ताङ भ्रमण निजी रहेको जनाएको छ। शुक्रबार प्रधानमन्त्री कार्यालयले गरेको पत्रकार सम्मेलनमा बोल्दै प्रवक्ता हेमराज अर्यालले प्रधानमन्त्री निजी भ्रमणमा गएका जानकारी दिएका हुन्।

प्रधानमन्त्रीको भ्रमण निजी भएकाले यसबारे थप जानकारी आवश्यक परे उहाँको निजी सचिवालयबाट लिन उपयुक्त हुने प्रवक्ता अर्यालले बताउनुभयो। प्रधानमन्त्री शाह आज पोखरा हुँदै मुस्ताङ भ्रमणमा निस्कनुभएको हो।

सञ्चारकर्मीको जिज्ञासाको जवाफ दिँदै उनले भने, ‘प्रधानमन्त्रीको यो भ्रमण निजी हो। अन्य बुझ्न परे उहाँको सचिवालयमा बुझ्न सकिनेछ’। प्रधानमन्त्री शाह शुक्रबार काठमाडौंबाट सडकमार्ग हुँदै पोखराको लागि निस्किएका छन्। त्यहाँबाट उनी मुस्ताङ जाने बताइएको छ।