२०८३ भदौ ५ , शुक्रवार

काठमाडौंकाे बाँसबारीमा साढे दुई तले घर भासियो

ghar-vasiyo-1024×599-1787299806

सुनाखरी न्युज/ काठमाडौं ।

काठमाडौंको बाँसबारीमा बिहीबार राति साढे दुईतले घर भासिएको छ । निरन्तरको वर्षाका कारण घरको धरातल कमजोर बनेपछि घर भासिएको हो ।

घर भासिन सक्ने अवस्था देखिएपछि त्यहाँ बसोबास गर्दै आएका व्यक्तिहरूले तीन दिनअघि नै घर छोडेकाले मानवीय क्षति हुनबाट जोगिएको छ । उक्त घरमा गेष्ट हाउस सञ्चालन हुँदै आएको थियो ।

भासिएको घरको जोखिमपूर्ण भागलाई काठमाडौं महानगरपालिकाको नगर प्रहरीले शुक्रबार त्रिपालले छोपेको छ