२०८३ भदौ ५ , शुक्रवार

शंखमुलको भ्याली ब्वाइज होस्टलमा युवकको हत्या

crime-

सुनाखरी न्युज/ काठमाडौं ।

काठमाडौंको शंखमुलस्थित भ्याली ब्वाइज होस्टलमा भएको झगडामा घाइते भएका एक युवकको मृत्यु भएको छ। घटनामा संलग्न रहेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ भने अर्का एक जना फरार छन्। मृत्यु हुनेमा दाङको घोराही उपमहानगरपालिका–१७ स्थायी घर भई हाल उक्त होस्टलमा बस्दै आएका २२ वर्षीय वसन्त कालाथोकी रहेका छन्।

घटनामा गम्भीर घाइते भएका कालाथोकीलाई उपचारका लागि मीनभवनस्थित निजामती कर्मचारी अस्पताल लगिएको थियो । टाउको र घाँटीमा चोट लागेका उनको अवस्था गम्भीर रहेको र बोल्न नसक्ने अवस्थामा उपचार भइरहेकोमा उपचारकै क्रममा अस्पतालका चिकित्सकले मृत घोषणा गरेका हुन् ।

घटनामा संलग्न रहेको आरोपमा यादवलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको छ। पटेल भने घटनापछि फरार रहेकाले उनको खोजी भइरहेको प्रहरीले जनाएको छ।