२०८३ भदौ ५ , शुक्रवार

बंगलादेशको राष्ट्रपतिमा निर्वाचित भए मिर्जा आलमगीर

Mirza-Fakhrul-Islam-Alamgir

सुनाखरी न्युज/ काठमाडौं ।

मिर्जा फखरुल इस्लाम आलमगीरलाई  बंगलादेशको संसद्‍ले देशको नयाँ राष्ट्रपति चयन गरेको छ।

करिब ३५ वर्षपछि बंगलादेशमा २३औँ राष्ट्रपतिको निर्वाचन प्रत्यक्ष मतदानमार्फत भएको थियो ।

 

सत्तारूढ बंगलादेश नेसनलिस्ट पार्टी (बीएनपी) का तर्फबाट उम्मेदवार बनेका मिर्जा फखरुल इस्लाम आलमगीर २५५ मत प्राप्त गर्दै राष्ट्रपति निर्वाचित भएका छन् ।

उनका प्रतिद्वन्द्वी उम्मेदवार अवकाशप्राप्त कर्णेल ओली अहमदले ८८ मत पाए ।

 

राष्ट्रपति चुनिएका आलमगीर सत्तारूढ बंगलादेश नेसनलिस्ट पार्टीका नेता हुन् । उनी पूर्वप्रधानमन्त्री शेख हसिनाका प्रमुख विरोधीमध्ये एक रहँदै आएका छन् ।