२०८३ भदौ २१ , आइतवार

फेसबुकमा भरुवा बन्दुकको फोटो पोस्ट गर्ने २ जनालाई पुर्‍यायो प्रहरी हिरासतमा

IMG_0098

सुनाखरी न्युज/ काठमाडौं । 

प्रहरीले भरुवा बन्दुक बोकेको फोटो फेसबुकमा पोस्ट गर्ने एक जना पक्राउ गरेको छ।सिरानचोक गाउँपालिका–६, नयाँसाँघुबाट उनीहरूलाई पक्राउ गरिएको हो ।

पक्राउ पर्नेमा भीमसेन थापा गाउँपालिका–२, सुनारगाउँ घर भई हाल पालुङटार नगरपालिका–१, खोप्लाङमा ज्यामी काम गर्दै आएका ४३ वर्षीय प्रेम सुनार र सोही स्थानका ३३ वर्षीय विष्णु सुनार रहेका छन् ।

प्रेम सुनारले आफ्नो  ‘Prem Sunar’  नामक फेसबुक आईडीमार्फत भरुवा बन्दुक बोकेको फोटो पोस्ट गरेपछि प्रहरीले अनुसन्धान अघि बढाएको थियो। सो क्रममा उनलाई लाइसेन्स नभएको एक थान भरुवा बन्दुकसहित नियन्त्रणमा लिइएको हो।