२०८३ भदौ ५ , शुक्रवार

आज कुन राशिका लागि शुभ ? हेर्नुहोस् राशिफल

mangalbarko-rashifal-1024×576

सुनाखरी न्युज/ काठमाडौं । 

आजको राशिफल

मेष ( चू,चे,चो,ला,लि,लू,ले,लो,अ )  समयको ख्याल नगर्दा वा सानातिना काममा अल्झेर बस्दा महत्त्वपूर्ण कामहरू थाती रहनेछन् । बाटो हिँड्दा वा सवारी साधन प्रयोग गर्दा ध्यान दिनुहोला गन्तव्यमा पुग्नु अगावै विभिन्न समस्याहरूको सामना गर्नु पर्नेछ । लामो समय देखिको माया प्रेममा ब्रेक लाग्नेछ । स्वास्थ्यमा समस्या आई दैनिकी प्रभावित हुनेछ ध्यान दिनुहोला ।

वृष ( ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो  )  कामको चाप र थकाइबाट विश्राम पाइनेछ । परिवारजनको साथले नयाँ आशा पलाउनेछ । प्रेम र मित्रताको बन्धन कसिनुका साथै दाम्पत्य सुखमा रमाउने समय छ । विभिन्न उपहार पाइनुका साथै आयआर्जन राम्रै हुनेछ। अतिथिका रूपमा सम्मान पाइने समय छ ।

मिथुन  ( का,की,कू,घ,ङ,छ,के,को,हा )  विद्या तथा प्रतिस्पर्धामा प्रतिस्पर्धीहरूलाई किनारा लगाउँदै नतिजा आफैतिर ल्याउन सकिनेछ । माया प्रेममा सामीप्य बढ्नेछ भने पति पत्नी बीच मायाको डोरो कसिलो भएर जानेछ । व्यवसायमा लगानी बढाई आम्दानीका स्रोतहरू बढाउन सकिनेछ । पुरानो रोग तथा समस्याहरू स्वतः ठिक भएर जानेछन् ।

कर्कट  (  ही,हू,हे,हो,डा,डी,डु,डे,डो )  अध्ययनमा प्रशस्त समय दिन सकिने हुनाले नतिजा आफैतिर ल्याउन सकिनेछ । तपाईँको ईमान्दारिताको कदर सबैले गर्नेछन् । व्यापार तथा शेयर बजारबाट लाभ लिन सकिनेछ । अप्ठ्यारा तथा असजिला परिस्थितिलाई बुद्धिमत्ता पूर्वक निराकरण गर्न सकिनेछ । प्रेममा सामीप्य बढ्ने तथा उपहार प्राप्तिको योग रहेको छ ।

 

सिंह  ( मा,मी,मू,मे,मो,टा,टी,टू,टे ) पुरानै कामहरूलाई निरन्तरता दिनुहोला । काम बिग्रने हुँदा राजकीय सम्मान पाउने योग टरेर जाने तथा राजनीतिमा प्रतिस्पर्धीहरू हाबी हुनेछन् । छातीमा देखिने समस्याका कारण काम गर्न नसकेजस्तो हुनेछ । घर परिवार तथा साथीहरूबाट टाढिएर परदेशको यात्रा गर्नुपर्दा असहज महसुस हुनेछ ।

कन्या  ( टो,पा,पी,पू,ष,ण,ठ,पे,पो )  छोटो तथा रमाइलो यात्राको तय हुनेछ । प्रणय सम्बन्धमा सुधार हुने तथा जीवन साथीको सहयोगले राम्रा काम गर्न सकिनेछ । विवादित विषयहरू तपाईँकै पक्षमा आउने हुँदा मन प्रसन्न रहनेछ । अध्ययनमा सुधार हुने तथा सकारात्मक नतिजा ल्याउन सकिनेछ । अध्ययन वा काममा प्रविधिको प्रयोग गर्न सकिनेछ ।

तुला  ( रा,री,रु,रे,रो,ता,ती,तू,ते )  असजिलो परिस्थितिहरूलाई बुद्धिमत्ता पूर्वक सहजतामा ढाल्न सकिनेछ । माया प्रेमको गाँठो कसिलो हुनेछ भने जीवनसाथीको सहयोगले उत्पादनमूलक काम गर्न सकिनेछ । पारिवारिक सभा समारोहका सहभागी भई मिठो मसिलो भोजन ग्रहण गर्न अवसर प्राप्त हुनेछ ।

वृश्चिक ( तो,ना,नी,नू,ने,नो,या,यी,यू ) समयमा कामहरू सम्पन्न हुने तथा अरूको काम गरी नाम तथा दाम दुवै कमाउन सकिनेछ । अध्ययन तथा अध्यापनको क्षेत्रमा थोरै समय लगानी गर्दा पनि सकारात्मक नतिजा हात लागी हुने योग रहेको छ । तपाईँको लवाई ख्वाई देखेर सबै जना मोहित हुनेछन् । माया प्रेममा आफ्नो मान्छेलाई आफ्नै वरिपरि देख्न पाउँदा मन प्रसन्न हुनेछ ।

 

धनु (  ये,यो,भा,भी,भू,ध,फा,ढा,भे )  समय राम्रो रहेकोले विदेशी सामानको व्यापारमा उल्लेख्य वृद्धि हुनेछ । स्वास्थ्य सामाग्री तथा औषधीजन्य व्यापारबाट लाभ लिन सकिनेछ । काम वा अध्ययनको सवालमा लामो दुरीको यात्रा हुने योग रहेको छ । विदेशी भाषा तथा परराष्ट्र सम्बन्धी कामबाट मनग्गे आम्दानी हुनेछ ।

मकर  ( भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी )  व्यापार व्यवसायमा लगानी गरी आम्दानीका स्रोतहरू बढाउन सकिनेछ । दाजुभाइ तथा आफन्तबाट भने जस्तो सहयोग हुनेछ । माया प्रेममा सामीप्य बढेर जाने ग्रहयोग रहेको छ । सवारी साधन तथा अन्य भौतिक सम्पत्ति लाभ हुनेछ । पढाइ लेखाइमा सुधार हुने हुनाले अरू भन्दा अगाडी बढ्न सकिनेछ ।

कुम्भ ( गू,गे,गो,सा,सी,सू,से,सो,दा )  राज्य भावमा गोचर गर्ने चन्द्रमाले व्यापार फस्टाएर जानेछ भने समाजसेवा तथा कल्याणकारी काम गर्न सकिने हुँदा मान सम्मान तथा इज्जत प्रतिष्ठामा वृद्धि हुनेछ । रोजगारीको सिलसिलामा नयाँ गन्तव्य पहिल्याउन सकिनेछ । नोकरीमा सुगम स्थानमा स्थानान्तरणको प्रशस्त सम्भावना रहेको छ ।

मीन  ( दी,दू,थ,झ,ञ,दे,दो,चा,ची )  व्यवसायकै सन्द्रर्भमा लामो दुरीको यात्रा हुनेछ । यात्रा तथा पर्यटकीय व्यवसाय फस्टाएर जानेछ । धार्मिक तथा शैक्षिक क्षेत्रमा सहभागी भई उत्कृष्ट नतिजा हात लगाउन सकिनेछ । प्रेम प्रशङ्गमा रमाउन चाहनेहरूका लागि समयले साथ दिनेछ । समयले साथ दिने हुनाले सानो प्रयत्नले राम्रा काम हुनेछ ।