२०८३ भदौ ४ , बिहिवार

बढ्यो सेयर बजार, कारोबार रकममा पनि सुधार

Nepse-2

सुनाखरी न्युज/ काठमाडौं ।

सेयर बजार बिहीबार बढेको छ ।

सेयर बजार बिहीबार ७.१७ अंक बढे पछि बजार परिसूचक नेप्से २६२९ अंकमा कायम भएको छ ।

कारोबार रकम पनि बढेको छ । अघिल्लो दिन ३ अर्ब २९ करोडको कारोबार भएकोमा आज ४ अर्ब ४० करोडको भयो । १३२ कम्पनीको मूल्य बढ्दा १३२ कम्पनीको घटेको छ । १३ को मूल्य स्थिर रह्यो ।