
सुनाखरी न्युज/ काठमाडौं ।
आफूहरुलाई जबरजस्ती हटाउन पटकपटक सूचना प्रकाशित गरेको भन्दै भूमिहीन, सुकुमबासी, अव्यवस्थित बसोबासीलगायतले काठमाडौंमा खबरदारी र्याली निकालेका छन्।
संयुक्त राष्ट्रिय सुकुम्बासी मोर्चा काठमाडौं उपत्यका विशेष समितिको आयोजनामा बिहीबार माइतीघर मण्डलादेखि नयाँ बानेश्वरसम्म खबरदारी र्याली निकालिएको हो।