२०८३ भदौ ४ , बिहिवार

नेपाल राष्ट्र बैंकको डेपुटी गभर्नरमा दीर्घ रावल नियुक्त

post-cover-9ec70cc2-da74-4b69-bb38-1b5d0ef05232

सुनाखरी न्युज/ काठमाडौं ।

नेपाल राष्ट्र बैंकले अर्का डेपुटी गभर्नर पाएको छ । मन्त्रिपरिषद् बैठकले रावललाई नेपाल राष्ट्र बैंकको डेपुटी गभर्नरमा नियुक्त गर्ने निर्णय गरेको हो। लामो समयदेखि रिक्त रहेको डेपुटी गभर्नर पदमा राष्ट्र बैंकका गभर्नर विश्वनाथ पौडेलको सिफारिसमा रावललाई नियुक्त गरिएको हो ।

रावल हाल नेपाल राष्ट्र बैंकको सुपरीवेक्षण विभाग प्रमुखका रूपमा कार्यरत छन् ।उनले राष्ट्र बैंकमा २० वर्ष काम गरिसकेका छन् ।

यसअघि किरण पण्डित डेपुटी गभर्नर भएका थिए । रावल राष्ट्र बैंकका कार्यकारी निर्देशक हुन् । एक वर्ष अघि राष्ट्र बैंकको कार्यकारी निर्देशक भएका रावले बैंक सुपरीवेक्षण विभागको नेतृत्व गरिरहेका छन् ।