२०८३ भदौ ४ , बिहिवार

ट्रम्पद्वारा इरानविरुद्ध ‘ कठोर र विनाशकारी भीषण आर्थिक युद्ध’को घोषणा

Donald-Trump-Photo-X

सुनाखरी न्युज/ काठमाडौं ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानविरुद्ध हालसम्मकै सबैभन्दा कठोर र विनाशकारी आर्थिक कारबाहीको घोषणा गरेका छन् । पोस्ट गर्दै ट्रम्पले इरानले सम्झौता गर्ने मौका गुमाएको र अब उसले “अभूतपूर्वस्तरको आर्थिक युद्ध र नाकाबन्दी” को सामना गर्नुपर्ने बताएका छन्।

उनले इरानको वर्तमान अवस्थाको चित्रण गर्दै भने, ‘इरानको नौसेना समाप्त भएको छ, वायुसेना ध्वस्त भएको छ । सैन्य कारखानाहरू भग्नावशेषमा परिणत भएका छन् र उनीहरूको मुद्रा मूल्यहीन बनेको छ ।’ उनले इरानको वर्तमान अवस्थाको चित्रण गर्दै भने, ‘इरानको नौसेना समाप्त भएको छ, वायुसेना ध्वस्त भएको छ ।

सैन्य कारखानाहरू भग्नावशेषमा परिणत भएका छन् र उनीहरूको मुद्रा मूल्यहीन बनेको छ ।’ अमेरिका र इरानबीच रणनीतिक महत्वको ‘होर्मुज जलडमरू’ र द्वन्द्व अन्त्यका शर्तहरूका विषयमा लामो समयदेखि विवाद जारी छ ।अमेरिकाले यसअघि नै इरानको तेल, जलयातायात  ( सिपिङ )  र वित्तीय क्षेत्रमा कडा प्रतिबन्ध लगाइसकेको छ, जसको मुख्य उद्देश्य इरानले ऊर्जा निर्यातबाट प्राप्त गर्ने आम्दानी रोक्नु हो। यसका साथै अमेरिकाले इरानी बन्दरगाहहरुमा समुद्री नाकाबन्दी लगाएको छ