२०८३ भदौ ४ , बिहिवार

ललितपुर महानगरको नयाँ सोच र प्रविधित्रीको गृहमन्त्री गुरुङले गरे प्रशंसा

Sudan-Gurung-4-1024×646

सुनाखरी न्युज/ काठमाडौं ।

गृहमन्त्री सुधन गुरुङले ललितपुर महानगरपालिकाले अपनाएको नयाँ सोच र प्रविधिमैत्री कार्यशैलीबाट गृह मन्त्रालयले समेत सिक्नुपर्ने बताएका छन्। बुधबार ललितपुर महानगरपालिकाले बालकुमारीदेखि बल्खुसम्म जडान गरेको ‘स्मार्ट स्ट्रिट लाइट’को शुभारम्भ कार्यक्रममा बोल्दै गृहमन्त्री गुरुङले महानगरले नयाँ सोचका साथ अघि बढाएका कामबाट गृह मन्त्रालयले समेत सिक्न सक्ने बताए।

उनका अनुसार गृह मन्त्रालयले अहिले कार्यान्वयन गरिरहेका कतिपय प्रणाली ललितपुर महानगरले तीन वर्षअघि नै लागू गरिसकेको छ। महानगरको कार्यशैलीबाट आफू प्रभावित भएको उल्लेख गर्दै उनले सरकारी निकायले पनि यस्तै प्रभावकारी र आधुनिक ढंगले काम गर्नुपर्नेमा जोड दिए। गुरुङले आफू राजनीतिमा सकारात्मक परिवर्तन ल्याउने उद्देश्यले आएको दाबी गर्दै नागरिकलाई दल वा राजनीतिक आस्थाका आधारमा विभेद नगरी समान व्यवहार गर्ने प्रतिबद्धता पनि जनाए।

गृहमन्त्री गुरुङले गृह मन्त्रालयले अहिले कार्यान्वयन गरिरहेका कतिपय प्रणाली ललितपुर महानगरपालिकाले तीन वर्षअघि नै प्रयोगमा ल्याइसकेको बताए। महानगरपालिकाले नयाँ–नयाँ सोचका साथ काम गरिरहेको भन्दै उनले आफूहरू महानगरको तुलनामा प्रविधि र प्रणाली कार्यान्वयनमा केही पछाडि परेको समेत स्वीकार गरे।