२०८३ कार्तिक ५ , बुधवार

खाली ग्यास सिलिन्डर बोकेर नेविसंघको प्रदर्शन

nsu

सुनाखरी न्युज/ काठमाडौं ।

नेपाल विद्यार्थी संघले काठमाडौंको घण्टाघर अगाडि प्रदर्शन गरेको छ ।

विद्यार्थीलाई  ग्यास अभावले समस्या परेको भन्दै उनीहरूले रित्तो ग्यास सिलिन्डर बोकेर प्रदर्शन गरेका हुन् ।

 

त्रिचन्द्र बहुमुखी क्याम्पस नेविसंघले आयोजना गरेको प्रदर्शनमा विद्यार्थीहरूले ‘बालेन सरकार चुलो समस्या समाधानमा कित यति ढिलो ?’, ‘निभ्यो चुलो, भोकै पेट, मौन सरकार, कति सहने?, ‘किताब बोकेर पढ्ने कि, सिलिन्डर बोकेर लाइनमा बस्नेरु’ लगायतका नारा लेखिएका प्लेकार्ड बोकेर उनीहरूले प्रदर्शन गरेका हुन् ।