२०८३ भदौ २ , मंगलबार

सुनको मूल्य स्थिर, कतिमा हुँदैछ चाँदीको कारोबार ?

Gold Silver

सुनाखरी न्युज/ काठमाडौं ।

सुनको मूल्य मंगलबार  अघिल्लो दिनकै मूल्यमा स्थिर  भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको मूल्य प्रतितोला ३ लाख ६ हजार ८ सय रुपैयाँ तोकेको छ, अघिल्लो दिन पनि यहीं मूल्यमा कारोबार भएको थियो । गत मंगलबार सुनको मूल्य प्रतितोला ३ लाख ७ हजार ९ सय रुपैयाँ थियो ।

 

चाँदीको भाउ आज तोलामा १५ रुपैयाँ घटेको छ । अघिल्लो दिन ४ हजार ७७० रुपैयाँ रहेको चाँदी आज ४ हजार ७५५ रुपैयाँ कायम भएको छ । गत मंगलबार चाँदीको भाउ प्रतितोला ४ हजार ७८० रुपैयाँ थियो ।