२०८३ भदौ २ , मंगलबार

सन्तोषजनक काम नगर्ने सात निर्माण कम्पनी तीन वर्षका लागि कालोसूचीमा

Black Listed

सुनाखरी न्युज/ काठमाडौं ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय मातहतको सार्वजनिक खरिद अनुगमन कार्यालयले सातवटा निर्माण कम्पनीलाई कालोसूचीमा राखेको छ । जिम्मा लिएको काम सन्तोषजनक नभएपछि सरकारले कालोसूचीमा राखेको हो ।

कालोसूचीमा पर्नेमा अमृता महरा मुख्य व्यक्ति रहेको नमादेउ निर्माण सेवा बझाङ रहेको छ । यस कम्पनीलाई डोटीको खत्याडी माविले कालोसूचीमा राख्न सिफारिस गरेको थियो ।

 

यसैगरी शंकरबहादुर प्याकुरेल मुख्य व्यक्ति रहेको एमरएस बागेश्वरी मल्टिप्रपोज निर्माण सेवा, रामेछाप कन्स्ट्रक्सन र सन्तोषी निर्माण सेवा पनि कालोसूचीमा परेको छ । यी कम्पनीलाई भौतिक पूर्वाधार तथा शहरी विकास मन्त्रालय र पूर्वाधार विकास निर्देशनालय सुर्खेतले कालोसूचीमा राख्न सिफारिस गरेको थियो ।

यसैगरी पवन पासवान मुख्य व्यक्ति रहेको रमन कन्स्ट्रक्सन धनुषा, श्याम किशोर साह मुख्य व्यक्ति रहेको सगुन निर्माण सेवा धनुषा र उद्धव भट्टराई मुख्य व्यक्ति रहेको ओम इन्फ्राटेक ललितपुरलाई पनि कालोसूचीमा राखिएको छ ।